२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजकसमेत रहेको उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

सरकारले चाँडै नै उक्त भवनमा सङ्क्रमितको उपचारका लागि आइसोलेशन शैय्या सञ्चालनको तयारी थालेको छ । आइतबार सरकारले काठमाडौँ उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा शैय्याको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ । उपप्रधानमन्त्री पोखरेलले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु