ताजा अपडेट »

बुटवलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु

सोमबार, २० बैशाख २०७८, १० : ४५
2 Shares

बुटवल । बुटवलको ढवाहमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ । आइतबार साँझ कपिलबस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्मबरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकलाई बुटवल उपमहानगरपालिका-१२ ढवाहमा ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका आचार्यको उपचारको क्रममा आइतबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

https://www.globalaawaj.com/archives/103346
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।