११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरुलाई अर्को दल परिवर्तनको अधिकार नदिएको बताएका छन् । उनले आज फेसबुक स्टाटस लेख्दै चुनाव चिह्न सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद भएको जनाएका छन् ।


मुख्यमन्त्री पोखरेलले सूर्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरुको समर्थन कानूनी रुपमा समेत अन्य दललाई नहुने उल्लेख गर्दै संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवलाई नहुनु आश्र्चयको कुरा भएको बताए । उनले भनेका छन्, ‘अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चार सदस्यलाई अल्पमतमा रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षड्यन्त्रपूर्ण नाटक मञ्चन भएको छ ।’

मुख्यमन्त्री पोखरेलले कारवाहीपछि नेकपा (एमाले) बहुमतप्राप्त दल बनेको जिकिर गर्दै बहुमत प्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहन्छ भनेका छन् । उनले संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेका अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव नभएको तर अहिलेको अवस्था त्यो नभएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले गत फागुन २३ को फैसलापछि विमलाकुमारी खत्री एमालेको प्रदेशसभा सदस्यका रुपमा सहभागी हुँदै आएको जानकारी दिँदै उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको बताएका छन् । ‘मुख्यमन्त्रीको नियुक्तिपछि शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको धर्ना अनुचित हो ’ उनले भनेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु