ताजा अपडेट »

बाँकेमा ८ घण्टाको अवधीमा ७ जना संक्रमितको मृत्यु

सोमबार, २० बैशाख २०७८, १० : २५
4 Shares

बुटवल । बाँकेमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज ५ का ४८ बर्षीय पुरुष रहेका छन् । उनको गएराती नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ९ बजेर १० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुर १५ का ६० बर्षीय पुरुषको आज सोमबार बिहान १ बजे मृत्यु भएको छ।

बैजनाथ गाउँपालिका ८ की ६० बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सोमबार बिहान १ बजेर २० मिनेटमा मृत्यु भएको फोकल पर्सन ओलीले बताए। यता भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज ३ का ५१ बर्षीय पुरुषको सोमबार बिहान साढे ३ बजे मृत्यु भएको छ भने भेरी अस्पतालमै बिहान ४ बजे नेपालगन्ज १ का ६६ बर्षीय पुरुषको मृत्यु भएको ओलीले जानकारी दिएका छन् ।

भेरी अस्पतालमै बढैयाताल ८ बर्दियाका ४७ बर्षीय पुरुषको सोमबार बिहान साढे ६ बजे कोरोना संक्रमण बाट मृत्यु भएको छ। त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा खजुरा २ का ३२ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिएका छन् । उनको बिहान साढे ८ बजे मृत्यु भएको हो। संगै बाके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३५ पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।