२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ ।तुर्माखाँद गाउँपालिका–७ अछामका ३२ वर्षीय चालक शाहीले निषेधाज्ञाको मौका पारी कर छलेर २५ बोरा सुर्ती मार्सल जनरल स्टोर नामको ट्रक प्रयोग गरेर भित्र्याउने क्रममा अवैध सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

कप्र२–००१–क ०१२१ नंको मालबाहक ट्रकमा खाद्य पदार्थ चिनी, चामल, तेल, पिठो, बियर चाउचाउलगायतका सामानभित्र अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्लाका विभिन्न स्थानमा ढुवानी गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भानुचोकबाट चालक शाहीलाई पक्राउ गरिएको उनले बताए।

गोल्डेन कम्पनीको कर छली गरी ल्याइएको रु पाँच लाख बराबरको २५ बोरा लिप्स नामको सुर्तीसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलको दीपमा बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त