ताजा अपडेट »

आज मध्यरातिदेखि हवाई उडान बन्द

सोमबार, २० बैशाख २०७८, ०७ : २०
6 Shares

बुटवल । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह रूपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय भएको हो ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सोमवार मध्यरातदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउनेले १० दिन क्वारेन्टीनमा बस्नुपर्ने प्रावधान छ ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानलाई भने अनुमति दिने भएको छ । उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यसअघि हवाई उडान बन्द गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उसको सिफारिसअनुसार मन्त्रिपरिषद्ले हवाई उडान बन्द गरेको हो ।

उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारी (सीडीओ) बैठकले यसअघि १६ वैशाखदेखि साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले सो निर्णय अनुमोदन गर्दै थप १ साता बढाएर १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

सीसीएमसीले पहाडी जिल्लामा २०० र शहरी जिल्लामा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउने जिम्मा सीडीओलाई सुम्पिएको थियो ।उपत्यकामा हाल निजी तथा सार्वजनिक यातायात र खाद्यान्नलगायत अत्यावश्यक बाहेकका पसल समेत बन्द छन् । राजधानी दैनिकमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।