ताजा अपडेट »

पश्चिम नवलपरासीमा १०० जनामा कोरोना संक्रमण

आइतबार, १९ बैशाख २०७८, २० : २५

नवलपरासी । पश्चिम नवलपरासीमा आइतबार एकैदिन एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पिसिआर परिक्षणबाट ७४ र ऐन्टिजेन परिक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

आइतबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १९ सय १८ पुगेको छ । अब जिल्ला भित्र ४ सय २९ जना सक्रिय सक्रमित रहेका छन् । जिल्लाबाट स्वाव संकलनगरि पठाएको मध्य अझै ७० जनाको पिसिआर रिपोर्ट आउँन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म पश्चिम नवलपरासीमा ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।