ताजा अपडेट »

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा पोखरेलले लिए पद तथा गोपनीयताको सपथ

आइतबार, १९ बैशाख २०७८, २० : २१
2 Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शंकर पोखरेल पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ वमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरी आजै पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

पोखरेलले आज विहानमात्रै एमालेको एकल नेतृत्वमा सरकार गठन गर्ने भन्दै मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । राजिनामा दिएसँगै बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

https://www.globalaawaj.com/archives/104032
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।