ताजा अपडेट »

बिपद्को बेला स्वास्थ्य चौकीमा तालाबन्दी, प्रहरीले सहयोग नगरेको गुनासो

आइतबार, १९ बैशाख २०७८, १९ : १४
4 Shares

भैरहवा । रुपन्देहीको सम्मरीमाइ गाउँपालिका वडा नम्बर १ करौतामा आज देखी सञ्चालनमा ल्याउने तयारी गरिएको करौता स्वास्थ्य चौकीमा वडा स्थानियले तालाबन्दी गरि दिएका छन् ।

करौतामा अहिले सम्म स्वास्थ्य चौकी थिएन, स्वास्थ्य चौकी नभएको स्थानमा स्वास्थ्य चौकी स्थापना गर्ने सरकारको निर्णय अनुसार नै करौतामा चौकी स्थापना भयो । सरकारको शशर्त अनुदान कार्यक्रम अन्र्तगत त्यहा स्वास्थ्य सामाग्री पनि पुग्यो तर आज देखी सञ्चालनमा आई जनतालाई सेवा दिने उद्देश्य राखिए पनि त्यो भने पुरा भएन ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) दिएको जानकारी अनुसार वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार यादवको भाई सुनिल यादवको अगुवाईमा पुगेका केही उच्श्रृंखल ब्यक्तिहरुले स्वास्थ्य चौकीमा ताला लगाई कर्मचारीलाई बाहिर निकालेका छन् । “यस्तो महामारीको समयमा वडावासीलाई कोभिड लगायत अन्य सेवा दिने गरि स्वास्थ्य चौकी सञ्चालनको तयारी गरेका थियौ ।” शुक्लले भने “तर राजनतिक आस्थाकै कारण वडावासीको सुविधामा खलल पु¥याउने काम गरिएको छ ।”

उनले समस्याको समाधानको लागी ईलाका प्रहरी कार्यालय मर्चवारमा पनि खबर गरेको भए पनि प्रहरीले सहयोग नगरेको आरोप लगाए । “ईन्स्पेक्टराई खबर गर्दा माथी सिडिओ र एसपीलाई खबर गर्नुस भनेर” ईलाका प्रहरी कार्यालय प्रमुख पन्छिएको उनले आरोप लगाए ।

करौतामा आफ्नै स्वास्थ्य चौकी भवन निर्माणाधिन रहेको छ । अहिले पूर्ण रुपमा तयार नभएकोले भाडाको घरमा स्वास्थ्य चौकी सञ्चालनको तयारी गरिएको सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मुन्सी प्रसाद माँझीले बताए । २ जना स्वास्थ्यकर्मि र एक जना कार्यालय सहयोगी सहित ३ जनाको दरबन्दी तोकी आज देखी काम गर्न पठाईए पनि उनिहरुलाई स्थानियले काम गर्न नदिएको माझीले बताए ।

अप्ठ्यारो ठाउमा स्वास्थ्य चौकी राखेको भनेर तालाबन्दी गरिएको सम्मरीमाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव कुमार यादवले दावी गरेका छन् । अहिले सम्म यहाको स्थानियहरु वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीबाट सेवा लिई रहेका थिए । “हाम्रै वडामा स्वास्थ्य चौकी हुनु राम्रो कुरा हो, तर यहा गाउँपालिकाले बदमाशी गरेको छ ।” यादवले भने । वडामा स्वास्थ्य चौकी आउदा समेत आफुलाई कुनै जानकारी नदिएको उनको गुनासो छ । स्वास्थ्य चौकीको आफ्नै भवन छ । त्यसलाई पूर्णता नदिइ भाडाको घरमा राख्न नहुने उनको तर्क छ । “नजिकै खानेपानीको भवन छ त्यहा राखे हुने, त्यस्तो अप्ठ्यारो ठाउमा स्वास्थ्य चौकी किन राखेको ?” उनले प्रतिप्रश्न गरे ।

करौता प्रहरी चौकी अगाडी भाडाको घरमा राखिएका स्वास्थ्य चौकीको दोश्रो तल्लामा चढ्न फलामको भ¥याङ्ग प्रयोग गरिएको र त्यो कुनै पनि तरिकाले उचित नभएको यादवको भनाई थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा