ताजा अपडेट »

थप ७ हजार २११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

आइतबार, १९ बैशाख २०७८, १६ : ५०
4 Shares

बुटवल । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमित निको भएको छन् । यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ । यस्तौ बितेको २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।