ताजा अपडेट »

महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

आइतबार, १९ बैशाख २०७८, १४ : १०
2 Shares

कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो ।

चेक हस्तान्तरण गर्दै नगरका प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी (बोक्सर)ले पालिकाबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको जानकारी दिए ।

अस्पतालमा अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव भइरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुगेको उनले बताए । यसैगरी, भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरीदका लागि अस्पताललाई रु २० लाख दिने घोषणा गरेको छ । कोरोनाको चेन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसँग सहकार्य गरिरहेका छन् ।

सङ्क्रमितको मृत्यु

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका दुईजना कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का ५५ वर्षीया महिला र सोही नगरपालिका १८ का ४७ वर्षीय पुरुष रहेका छन् । महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।

अक्सिजनको सहायतामा उपचार भइरहेकै अवस्थामा महिलाको मृत्यु भएको हो । यसैगरी, गत वैशाख १४ गते कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएका पुरुषको सघन उपचार कक्ष (आइसियु)मा उपचारका क्रममा आज मृत्यु भएको छ ।

रासस
लेखकको बारेमा
रासस