२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

काठमाडौँ । अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास)का आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय र पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् । विजेता बलले एक हजार डलर, द्वितीय गिरीले पाँच सय डलर र तृतीय खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेकी छन् ।

Advertisement

प्रतियोगितामा अङ्ग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छन् । अनेसासका अध्यक्ष प्रकाश माइलाका कार्यक्रममा अध्यक्षतामा भएको कार्यक्रममा विजेता सबैलाई नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुसरण एवं प्रवद्र्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताईन् ।

मूल्याङ्कन समितिका तर्फबाट प्रज्ञा –प्रतिष्ठान, काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगीमध्येबाट पुरस्कृत नामको घोषणा गरेका थिए। साहित्यकार अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी, डा विन्दु शर्मा र केशव सिग्देल (नेपाल), रवीन शर्मा र प्रवीणा बराल (जापान), गोवद्र्धन पूजा र हिमांशुनिभा कुँवर (अमेरिका), तीर्थसङ्गम राई (कतार), गणेश खड्का (अफ्रिका) र इसिका अधिकारी (युरोप)ले पनि आआफ्ना कविता वाचन गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला संयोजकत्वको मूल्याङ्कलन समितिका छनोटमा परेका अन्तिम चरणका अंशु सुवाल, आगत खरेल, गङ्गा फुयाँल, सौगात पराजुली, समृद्धि नेपाललगायतले नेपाली र मारिया अधिकारी, प्रेमा पौड्याललगायतले अङ्ग्रेजीमा कविता वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेस केन्द्रिय सदस्यकामा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो