ताजा अपडेट »

लुम्बिनीको विशेष अधिवेशन अन्त्य

आइतबार, १९ बैशाख २०७८, १३ : ०७
4 Shares

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मध्यान्ह १२ बजे देखि अधिवेशनको अन्त्य गरेका हुन ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी विशेष अधिवेशनको बोलाउन माग गरेका थिए । आज दिउसो १ बजेका लागि बोलाईएको अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावका बिषयमा छलफल गर्ने कार्यसुची तय भएको थियो । तर मुख्मयमन्त्री पोखरेलले आइतबार विहान मात्रै राजिनामा दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।