११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–२ डेहम्बी हाइटमा सञ्चालनमा रहेको विजय राइस मिललाई रु ५० हजार जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्र विना व्यवसाय सञ्चालन र अरूको ब्रान्डलाई पुनः प्याकिङ गरी बिक्री/वितरण गरेको भन्दै अनुगमनस्थलमा नै जरिवान गरिएको हो ।

उक्त मिललाई जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य सङ्घको संयुक्त अनुगमन टोलीले अन्य उद्योगको ब्रान्डलाई पुनः प्याकेजिङ गरी आफ्नो उत्पादन बनाएर बिक्री/वितरण गरेको र खाद्य वस्तु अस्तव्यत अवस्थामा अखाद्य वस्तुसँगै राखेको, उद्योगको बोर्ड नराखेको र उत्पादत वस्तुमा उपभोग मिति उल्लेख नगरेका कारण जरिवाना गरिएको सहायक प्रजिअ शर्माले बताए । उक्त मिललाई जरिवाना बुझाउन र थप सुधारका काम गर्न सात दिनको समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई