२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

काठमाडौँ। नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् ।नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ ।

Advertisement

स्वास्थ्य विज्ञहरुले मास्कको प्रयोगले कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरबाही भने कायमै छ । सोही अवधिमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराएरसमेत छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्छिल्लो २४ घण्टामा प्रहरीले ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममार्फत ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीपमा बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने