१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

बुटवल । लुम्बिनी प्रदेशका सबै अस्पतालमा कोरोना संक्रमितको उपचार गरेबापतको खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । उपचारलाई सहज, सरल र प्रभावकारी बनाउन सरकारी, निजी र मेडिकल कलेजमा उपचार गर्ने बिरामीको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरीले बताए । त्यसका लागि प्रदेशका कोभिड विशेष अस्पताल तथा निजी र मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको उपचार खर्चमा एकरुपता ल्याउने गरी शुल्क निर्धारण गरिएको छ । जस अनुसार अक्सिजनसहितको एक बेडको प्रतिदिन तीन हजार ५००, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार, आईसीयू भेन्टिलेटरको एक बेडको प्रतिदिन १५ हजार रुपैयाँ तोकिएको छ । तोकिएको रकम सरकारले उपलब्ध गराउने भएकाले निजी अस्पतालले पनि बिरामीबाट शुल्क लिन नपाइने मन्त्री गिरीले बताए ।

उपचार खर्च लिन अस्पतालले कोभिड १९ संक्रमित बिरामीको उपचार विवरण प्रदेश सरकारको सफ्टवेयरमा अपडेट गर्नुपर्ने छ । त्यसका आधारमा संघबाट आएको रकम प्रदेश सरकारले अस्पतालहरुलाई उपलब्ध गराउने छ ।

लुम्बिनी प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । पाल्पा, रुपन्देही र बाँकेका ७ वटा निजी अस्पताल एवं मेडिकल कलेजमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ । निजी अस्पताल एवं मेडिकल कलेजले महँगो उपचार खर्च लिएको गुनासो आएपछि सबैलाई एकरुपतामा ल्याउन अस्पताल सञ्चालकहरुको बैठकबाट निःशुल्क उपचार गराउने र रकम प्रदेश सरकारबाट उपलब्ध गराउने निर्णय गरेको मन्त्री गिरीले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ