ताजा अपडेट »

रुपन्देहीमा ४ सय बढी संक्रमित थपिए ,९ जनाको मृत्यु

शनिबार, १८ बैशाख २०७८, १७ : ५८
6 Shares

भैरहवा । रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितकाृ मृत्यु भएको छ । स्वस्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्यांक अनुसार यो संगै रुपन्देहीमा अहिले सम्म मृत्यु हुनेको संख्या २ सय पुगेको छ ।

देशमै अहिले रुपन्देही कोभिडको हटस्पट बनेको छ । २४ घण्टामा रुपन्देहीमा ४ सय ३२ जना संक्रमित थपिएका छन् । जसमध्ये सबै भन्दा बढी बुटवल उपमहानगर पालिकामा मात्र ९१ जना महिला र १ सय १४ जना पुरुष गरि २ सय ५ जना संक्रमित देखिएका छन् । यसै गरि सिद्धार्थनगर नगर पालिकामा २१ महिला र ४४ पुरुष गरि ६५ जना, तिलोत्तमा नगरपालिकामा ३६ महिला र ३६ पुरुष गरि ७२ जना, देवदह नगरपालिकामा ६ जना महिला र १७ जना पुरुष गरि २३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।

रुपन्देही जिल्लामा मात्र अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमितहरु मध्ये २५ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने ७३ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये २ प्रतिशतको मात्र मृत्यु भएको छ ।

रुपन्देहीमा कोरोनाको ग्राफ दैनिक रुपमा बढ्दो रहेको छ । बैशाख १ गते ३८ जना संक्रमित देखिएकोमा २ गते १५ जना ३ गते ३६ जना, ४ गते ३५ जना, ५ गते ६६ जना, ५ गते ७९ जना संक्रमित देखिएका थिए । यस्तै ७ गते ७३ जना, ८ गते १ सय १८ जना ९ गते ६८ जनामा संक्रमण देखिएकोमा १० गते एक्कासी बढेर यो संख्या २ सय २६ मा पुगेको थियो । त्यस यता संक्रमितहरुको संख्या लगाततर बढ्दै गई रहेको छ । ११ गते ३ सय १, १२ गत २ सय ४, १३ गते २ सय ६३, १४ गते ४ सय १९, १५ गते ३ सय ८०, १६ गते ४ सय ४७, १७ गते ४ सय ५९ जना र आज १८ गते ४ सय ४ सय ३२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा रुपन्देहीको सम्मरीमाई गाउँपालिका बाहेक अन्य सबै १५ वटै स्थानिय तहमा संक्रमित देखिएका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा