ताजा अपडेट »

कोरोना संक्रमित संख्यामा रुपन्देही देशमै दोस्रो नम्बरमा ,प्रदेशमा पहिलो

शनिबार, १८ बैशाख २०७८, १६ : १५
2 Shares

बुटवल । देशभर सक्रिय संक्रमित थपिरहेको बेला वैशाख १७ गतेको संक्रमित तथ्यांक अनुसार रुपन्देही दोस्रो नम्वरमा परेको छ । काठमाडौमा २४ सय ४ संक्रमित थपिँदा रुपन्देहीमा ४ सय ७३ संक्रमितहरु थपिएका हुन्। यस्तै लुम्बिनी प्रदेशको अर्को जिल्ला बाके तेस्रो नम्वरमा छ । बाकेमा ४ सय २२ संक्रमित थपिएका हुन । त्यसै गरि दाङ जिल्ला ५औ नम्वरमा छ । दाङमा २ सय ५२ संक्रमित थपिएका हुन ।

बर्दिया जिल्ला १५ औ नम्वरमा छ । वैशाखमा १७ गते मात्र ५० संक्रमित थपिएका थिए । त्यस्तै पश्चिम नवलपरासी पनि १७ नम्वरमा छ । १७ गते ४६ संक्रमित थपिएका थिए । रोल्पा १८ नम्वरमा रहेको छ जहाँ ४४ संक्रमित थपिएका थिए । पाल्पा २० औ नम्वरमा छ । जहाँ ४३ संक्रमित थपिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।