११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर शुरु भएको दिवसका रुपमा मनाउँदै आएको स्मरण गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् । “कोभिडको दोस्रो लहर शुरु भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर सर्तसहित निषेधाज्ञा लागू भएको छ”, सन्देशमा भनिएको छ, “जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैँ अनुरोध छ ।”

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एशियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताएका छन् । उनले कोभिडको महामारीलाई असल व्यवहारले मात्र परास्त गर्न सकिने भएको हुँदा जनस्वास्थ्यको मापदण्डको पालना गर्न आग्रह गरे । “कामको सुरक्षा र थप रोजगारीको प्रयास सरकारको सदा हुनेछ”, सन्देशमा भनिएको छ, “नेपाली ट्रेड युनियन आन्दोलनले जनताको पीडालाई हेर्न पनि सिकाएको छ ।” मे दिवस विसं २००३ देखि २०४६ सम्म नेपालको सङ्गठित श्रम आन्दोलनका रुपमा मनाउन थालिएको सन्देशमा उल्लेख छ ।

विश्वव्यापी रुपमा कार्यथलोमा हरेक दिन सात हजार ६०० मानिस मर्ने गरेका छन् । दक्षिण एशियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको छ । हरेक दिन ४१० मजदूरको निर्माणस्थलमै मर्ने गरेको छ । समग्रमा २० लाख ७८ हजार मानिसले कामसँग सम्बन्धित भएर ज्यान गुमारहेका छन् । कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रुपमा प्रक्षेपण गरिएको कुरा सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाइ श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवद्र्धन गरेको उल्लेख छ ।

त्यस्तै आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई रु एक लाखको बीमा गरिएको सन्देशमा उल्लेख छ । “विसं २०७५ मङ्सिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको छ, वैदेशिक रोजगारीमा भएकाको सुविधाका अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको छ”, सन्देशमा भनिएको छ, “सामाजिक क्षेत्रमा लागानी गर्न निकै उत्साहित भएका छन्, जीवन पहिला हो, त्यसपछि श्रम हो ।”

प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भई मासिक रु १३ हजार ४५० रु १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु