२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

नाइजेरिया । सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकुसमूहका प्रमुख प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएका छन् नाइजेरियाली अधिकारीले एएफपीलाई जानकारी गराएका छन् । गत डिसेम्बरमा विज्ञान बिषय पढाइने एउटा सरकारी माध्यमिक विद्यालय कङ्कराका ५०० भन्दा बढी विद्यार्थीहरूको अपहरणमा अवालुन दौडावा र उनको समूहले नेतृत्व गरेको थियो ।

Advertisement

उत्तरपश्चिम र मध्य नाइजेरियामा बढ्दो सुरक्षा चुनौती बनेका यो सशस्त्र आपराधिक गिरोहहरूले सामूहिक अपहरणको श्रृंखलामध्ये एक थियो । बिहीबार जामफारा राज्यका एक सरकारी अधिकारीले एएफपीलाई भने, “दौडावाले फेब्रुअरीमा गरेको शान्ति सम्झौता पूरा नगरेको भन्दै उनी आफ्नो समूहको नेतृत्व लिन जङ्गलतर्फ फर्केका थिए ।

जाम्फाराका एक सरकारी अधिकारीले भने, “दौडावासहित उनका चार वरिष्ठ लडाकू उनको एक विरोधी समूहसँग शुक्रबार भएको दोहोरो झडपमा मारिएका हुन् ।” “उनले गत महिनाको एउटा शिविरमा प्रतिद्वन्द्वी गिरोहमाथि असफल छापा मार्दा उनका दुई जना सदस्यको मृत्युको बदला लिन आफ्ना मानिसहरूलाई लगाएका बेला भएको झडपमा दौडावाको मृत्यु भएको हो,” एक नाइजेरियाली अधिकारीले भने ।

दौडावाले छजना साथीहरूसहित जामफारा राज्यका गभर्नर बेलो मटावालेसँग उनको कार्यालयमा आत्मसमर्पण गरेका थिए जहाँ उनले हतियार बुझाई र हिंसाको अन्त्य गर्न डाकुहरूलाई माफी दिने माग गरेका थिए । तर सरकारसँग लामो समयसम्म भएको वार्तामा आफ्ना माग पूरा नभएको बताउँदै उनी जङ्गलतर्फ फर्केका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता