ताजा अपडेट »

जिल्ला तथा प्रदेशमा कोरोना संक्रमणको अवस्था यस्तो छ

शनिबार, १८ बैशाख २०७८, १४ : १०
6 Shares

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको हिसाबले नेपालका २२ जिल्ला अति प्रभावित रहेको जनाउँदै मानिसहरूलाई संवेदनशील हुन शुक्रवार सार्वजनिक अपिल गरेको थियो।

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई अति प्रभावित जिल्लामा राखेको छ। "स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइरहेको छ," मन्त्रालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ।

जुनसुकै मार्गबाट देशभित्र वा बाहिर यात्रा नगर्न तथा सार्वजनिक स्थलहरूमा भिडभाड नगर्न एवम्‌ जनस्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अपिल गरेको छ।

कुन प्रदेशको अवस्था कस्तो ?

वाग्मतीमा प्रदेशमा सबैभन्दा धेरै १९,२९६ जना सक्रिय सङ्क्रमित छन् भने दोस्रो धेरै १०,२६२ सक्रिय सङ्क्रमित लुम्बिनी प्रदेशमा छन्। त्यसैगरी प्रदेन नं २ मा २,२९६, प्रदेश नं १ मा २,०७४, गण्डकी प्रदेशमा १,९६०, सुदूरपश्चिम प्रदेशमा १,८०१ र कर्णाली प्रदेशमा १,१२४ सक्रिय सङ्क्रमित छन्। मृत्युको हिसाबले पनि वाग्मती प्रदेश शीर्ष स्थानमा छ। त्यहाँ शुक्रवारसम्म १,६९६ जनाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

लुम्बिनी प्रदेशमा ५०५ जना, प्रदेश नं १ मा ४८९ जना, गण्डकी प्रदेशमा ३४३, प्रदेश नं २ मा २९६, सुदूरपश्चिम १११ र कर्णाली प्रदेशमा ३९ जनाको मृत्यु भएको छ। वाग्मती प्रदेशमा १४४ जना आईसीयूमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा ८४ जना, प्रदेश नं १ मा ४० जना, कर्णाली प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा २२ जना, प्रदेश नं २ मा ९ र गण्डकी प्रदेशमा ५ जना आईसीयूमा छन्। भेन्टिलेटरमा वाग्मती प्रदेशमा ७२ जना, लुम्बिनी प्रदेशमा २०, कर्णाली र सुदूरपश्चिममा ७/७, प्रदेश नं १ मा ६ जना, प्रदेश नं २ मा २ र गण्डकीमा एकजना छन्।

कुन जिल्लामा कति कुल सङ्क्रमित?

प्रदेश नं १ को मोरङमा शुक्रवारसम्म कुल सङ्क्रमित १४,५५२ जना, सुनसरी ९,६३७, झापामा ५,४५२, उदयपुरमा ७३१ र इलाममा ५१० जना छन्। त्यसैगरी संखुवासभामा ४४० जना, ओखलढुङ्गामा ३१९, धनकुटामा ३१५, खोटाङमा २५७, सोलुखुम्बु २११, ताप्लेजुङमा २०४, पाँथचरमा २००, भोजपुरमा १८९ र तेह्रथुम १६७ जना कुल सङ्क्रमित छन्।

प्रदेश नं १ मा हालसम्म कुल ३३१८४ जना सङ्क्रमित भएकोमा ३०६२१ जना निको भई घर फर्किसकेका छन्। प्रदेश नं २ का पर्सामा सबैभन्दा धेरै ४,८४९ कुल सङ्क्रमित छन् भने दोस्रो धेरै धनुषामा ३,४६६ जना छन्। रौतहटमा ३,०११ जना, सर्लाहीमा २,९८५, बारामा २,५२३, सिरहामा २,३९६, सप्तरीमा २,२३९ र महोत्तरीमा २,१८९ जना कुल सङ्क्रमित छन्। उक्त प्रदेशमा कुल २३६५८ जना सङ्क्रमित भएकोमा २१०६६ जना निको भइसकेका छन्।

वाग्मती प्रदेशको काठमाण्डू जिल्लामा सर्वाधिक कुल सङ्क्रमित १२००७८ कुल सङ्क्रमित छन् भने दोस्रो बढी ललितपुरमा १९,५४० जना र भक्तपुरमा १०,९२७ सङ्क्रमित छन्। चितवनमा ९,३४४ जना, मकवानपुरमा ४,७८२ जना, काभ्रेपलाञ्चोकमा ३,९९४ जना, धादिङमा १,९९४ जना, नुवाकोटमा १,८१८ जना, सिन्धुपाल्चोकमा १,१५७ जना, दोलखामा ८५६ जना, सिन्धुलीमा ६९० जना, रामेछापमा ६७५ जना र रसुवा २८२ जना कुल सङ्क्रमित छन्। यो प्रदेशका कुल सङ्क्रमित १,७६,१३७ मध्ये १,५५,३४५ निको भई घर फर्किसकेका छन्।

गण्डकी प्रदेशको कास्की जिल्लामा ९,९६७ जना, गोरखामा १,७५४ जना, तनहुँमा २,०२९ जना, नवलपरासी पूर्वमा ३,३८५ जना, पर्वतमा ६०३ जना, मनाङमा २३ जना, मुस्ताङमा ७६ जना, म्याग्दीमा ४०३ जना, लम्जुङमा १,२३० जना, बाग्लुङमा १,५७३ जना र स्याङ्जामा १,३९० जना कुल सङ्क्रमित छन्।

प्रदेश नं ५ को अर्घाखाँचीमा १,२२० जना, कपिलवस्तुमा २,६४६ जना, गुल्मीमा १,४२३ जना, दाङमा ५,७७८ जना, नवलपरासीमा १,८६५ जना, पाल्पामा २,७८० जना, प्युठानमा १,१८२ जना, बर्दियामा २,५०६ जना, बाँकेमा ९,७६६ जना, रुकुम पूर्वमा १४४ जना, रूपन्देहीमा १३,१३२ जना र रोल्पामा ४२२ जना कुल सङ्क्रमित छन्।

प्रदेश नं ५ का कुल ४२,८६४ सङ्क्रमितमध्ये ३२,०९६ निको भइसकेका छन्। कर्णाली प्रदेशको कालिकोटमा ३३४ जना, जाजरकोटमा १६२ जना, जुम्लामा ५३३ जना, डोल्पामा ६३ जना, दैलेखमा १,७३२ जना, मुगुमा ४२ जना, रुकुम पश्चिममा ३०७ जना, सल्यानमा ७८४ जना, सुर्खेतमा ३,८१० जना र हुम्लामा ५२ जना सङ्क्रमित भएका छन्।

यहाँका कुल ७,८१९ सङ्क्रमितमध्ये ६,६५६ सङ्क्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्कमा छ। सुदूरपश्चिम प्रदेशको अछाममा १,८०६ जना, कञ्चनपुरमा २,३८२ जना, कैलालीमा ७,२८८ जना, डडेलधुरामा ८८० जना, डोटीमा १,५३४ जना, दार्चुलामा ४२६ जना, बझाङमा १,११५ जना, बाजुरामा ७४१ जना र बैतडीमा ९२० जना सङ्क्रमित भएका छन्। सुदूरपश्चिम प्रदेशका कुल १७,०९२ सङ्क्रमितमध्ये १५,१८० सङ्क्रमणमुक्त भइसकेका छन्। -बीबीसी नेपाली

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।