ताजा अपडेट »

नेत्रहीन महिला क्रिकेट प्रतियोगिता : उपाधिका लागि माछापुच्छे र अन्नपूर्ण लड्ने

बुधबार, ०९ माघ २०७५, ०३ : ५४
6 Shares

माघ ९,

काठमाडौं । माछापुच्छे र अन्नपूर्ण टिम पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत नेत्रहीन महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।  

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मुलपानी माथिल्लो मैदानमा भएको खेलमा माछापुच्छे सगरमाथालाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । 

पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो । सगरमाथाका लागि विमला राईले नटआउट ४८ रन जोडिन् ।
जवाफमा माछापुच्छे ११ ओभरमा विना विकेटको क्षतिमा निर्धारित लक्ष्य पुुरा ग¥यो । माछापुच्छेका लागि मनकेशरी चौधरीले ८८ तथा हिता गुरुङले ४० रन बनाए ।

त्यस्तै अर्को खेलमा अन्नपूर्णले धौलागिरीलाई १ सय ३७ रनको विशाल अन्तरले हरायो । पहिले ब्याटिङ गरेको अन्नपूर्णले निर्धारित १५ ओभरमा मात्र १ विकेट नोकसानीमा २ सय ४४ रन जोडेको थियो । विनिता पुनले १६९ र निमा बिसीले ६० रन जोडे ।

धौलागिरी १५ ओभरमा ५ विकेट क्षतिमा १ सय ६ रनमा समेटियो । धौलागिरीकी आशिका चौधरीले ३७ रन बनाइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।