११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

कानो, नाइजेरिया। सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकुसमूहका प्रमुख प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएका छन् नाइजेरियाली अधिकारीले एएफपीलाई जानकारी गराएका छन् । गत डिसेम्बरमा विज्ञान बिषय पढाइने एउटा सरकारी माध्यमिक विद्यालय कङ्कराका ५०० भन्दा बढी विद्यार्थीहरूको अपहरणमा अवालुन दौडावा र उनको समूहले नेतृत्व गरेको थियो । उत्तरपश्चिम र मध्य नाइजेरियामा बढ्दो सुरक्षा चुनौती बनेका यो सशस्त्र आपराधिक गिरोहहरूले सामूहिक अपहरणको श्रृंखलामध्ये एक थियो ।

बिहीबार जामफारा राज्यका एक सरकारी अधिकारीले एएफपीलाई भने, “दौडावाले फेब्रुअरीमा गरेको शान्ति सम्झौता पूरा नगरेको भन्दै उनी आफ्नो समूहको नेतृत्व लिन जङ्गलतर्फ फर्केका थिए । जाम्फाराका एक सरकारी अधिकारीले भने, “दौडावासहित उनका चार वरिष्ठ लडाकू उनको एक विरोधी समूहसँग शुक्रबार भएको दोहोरो झडपमा मारिएका हुन् ।” “उनले गत महिनाको एउटा शिविरमा प्रतिद्वन्द्वी गिरोहमाथि असफल छापा मार्दा उनका दुई जना सदस्यको मृत्युको बदला लिन आफ्ना मानिसहरूलाई लगाएका बेला भएको झडपमा दौडावाको मृत्यु भएको हो,” एक नाइजेरियाली अधिकारीले भने ।

दौडावाले छजना साथीहरूसहित जामफारा राज्यका गभर्नर बेलो मटावालेसँग उनको कार्यालयमा आत्मसमर्पण गरेका थिए जहाँ उनले हतियार बुझाई र हिंसाको अन्त्य गर्न डाकुहरूलाई माफी दिने माग गरेका थिए । तर सरकारसँग लामो समयसम्म भएको वार्तामा आफ्ना माग पूरा नभएको बताउँदै उनी जङ्गलतर्फ फर्केका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु