१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै उनले सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

Advertisement

उपप्रधानमन्त्री पोखरेलले आज जारी गरेको शुभकामना सन्देशमा जीवन प्रमुख भएकाले कोभिड –१९ बाट बच्न आग्रह गर्दै भनिएको छ , “जीवन प्रमुख कुरा हो, श्रम हाम्रो लागि आधारभूत कुरा हो, तसर्थ, जनताको स्वास्थ्य र जीवन रक्षाका लागि नेपाल सरकारले चाल्नुपरेका बाध्यकारी कदमलाई मनन गरी सकारात्मक सहयोगका लागि अपिल गर्दछु ।” उच्चस्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक पोखरेलले श्रमिकलाई उद्योगभित्रै खाना र बासको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने, निर्माणस्थलमै खाना र बासको व्यवस्था गरी सार्वजनिक निर्माणलाई अगाडि बढाउने निर्णय लिइएको र श्रमिक वर्गलाई रोजगारीसँगै स्वास्थ्यमा पनि कुनै समस्या नपरोस् भन्नेमा सरकारले विशेष ध्यान दिएको जनाएका छन् ।

“अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा यतिबेला सिङ्गो मानव समुदाय कोभिड– १९ विरुद्धको सङ्घर्षमा होमिनु परेको छ”, नेकपा (एमाले) का महासचिवको सन्देशमा भनिएको छ, “कोरोना भाइरसको महामारीका विरुद्ध अग्रपङ्क्तिमा रहेर आफैँलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरुलाई म उच्च सम्मान गर्न चाहन्छु ।” उनीहरुको साहस र योगदानलाई सम्मान गर्दै सरकारले विशेष आर्थिक सहुलियतको व्यवस्था गरेको जानकारी उनले दिएका छन् ।

उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा रु सात लाखसम्म ऋण उपलव्ध गराउन थालिएको पनि सन्देशमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु