ताजा अपडेट »

थप २ सहित कोरोनाबाट हालसम्म २२ जना गुल्मेलीको मृत्यु

शनिबार, १८ बैशाख २०७८, १३ : २४
4 Shares

गुल्मी । गुल्मीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड –१९ ब्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्शन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका-१ तम्घासमा बस्दै आएका ४८ वर्षिय पुरुषको शनिबर बिहान २.३० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिका कि ७६ वर्षिया महिलाको भैरहवा यूनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कार्कीले बताए ।

महिलाको बैशाख १३ गते र १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । यो सहित गुल्मीका मृतकको संख्या २२ पुगेको छ । गुल्मीसहित विभिन्न जिल्ला तथा अस्पतालमा गरी हालसम्म कोरोना संक्रमणबाट २२ जना गुल्मेलीको मृत्यु भएको हो । गत वर्ष १३ जना र पछिल्लो दुई हप्तामा ९ जनाको ज्यान गइसकेको छ । यस अबधिमा २२८ जना संक्रमित भएको कार्कीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।