१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

फाइल तस्विर

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए । “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”, उनले भने। राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र ८० शै्ययाको हुने नगरपालिकाले जनाएको छ । नपाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको छ ।

पहिलो चरणमा कोरोना सङ्क्रमणका बिरामीको उपचार गरेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमणको उपचार गर्नेसमेत जनाएको छ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बिरामीको उपचार गर्न मिल्नेछ । यस्तै नपाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेको बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ । उक्त नगरपालिकाले ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रीनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोँगबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले बताए । उत्तरमा नुवाकोटसँग सिमाना जोडिएको टोखामा ११ वडा रहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु