ताजा अपडेट »

कविता : जीवन दर्पण छायाँ

शनिबार, १८ बैशाख २०७८, ११ : १८
76 Shares

भुमरीको वेगसंगै, जिन्दगानी उड्यो
कन्डीसनमै भाको जिवन, ड्राइभर विनै गुड्यो
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

र्याल र थुकको अभावमा, खड्किन्छ की जीवन
तानिएर चुंड्न आंट्यो, सम्बन्धको रीवन
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

इतिहासको कालखण्डमा, नझुकेको देश मेरो
सास बचाउन भिक माग्दै, घुम्यो शेरोफेरो ।
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

त्रासको पर्खाल लाग्यो, मायालुको मनमा
छैन रैछ बांच्ने शक्ति, गोला बारुद धनमा
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

आज नाथे भाइरस संग, सबै शक्ति हार्यो
मै हुम भन्ने शक्तिलाई नि, कावु कावु पार्यो ।
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

सैयौं जातको मासु बिक्री, यही शहरमा कती
ठप्प भयो सबको शासक, संसारको गती ।
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

छुत अछुतको सिमा राख्यौ, अछुत सबै आज
लाश माथि लाश राखी, चिहान एउटै साझा
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

चिहान गृह जस्तो भयो, आज अस्पताल
गल्र्याम गुुर्लुम ढल्नलागे, बनका सतीसाल
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

मलामीको हाहाकार, कसले बोक्ने घारा
एकमनको अन्कन्टारमा, गुम्स्यो संसार सारा
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

नियतीको करार भित्र, हारी राछ जीवन
संक्रमणको डरै डरमा, चली राछ जीवन
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

मरेपछि केवल झल्को, बांचुन्जेल मायां
जिवन भन्नु दुई दिनको, रैछ दर्पणछांया
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

संसारलाई जित्नेसंग, हामी लड्नु हुन्न
सामान्य हो भनिकन, ठट्टा ठान्नु हुन्न ।
निदाएको होईन शहर, ब्युंझिएको हेर्ने रहर छ
मन्दिर भित्र दियो बाली, शुद्ध जल फेर्ने रहर छ ।

https://www.globalaawaj.com/archives/78975
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।