१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

मृतकको शव दाहसंस्कारका लागि लगिँदै । तस्वीर : टिका खरेल

बुटवल । रुपन्देहीमा एक कोरोना सक्रमितले झुण्डीएर आत्महत्या गरेका छन् । तीनदिन पहिलेदेखि पुनःसञ्चालनमा आएकोे सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेका एक कोरोना संक्रमितले सौचालयमा झुण्डीएर आत्महत्या गरेको नगरप्रमुख चित्र बहादुर कार्कीले बताए ।

निजी व्यवसायबाट राम्रो आम्दानी गरेका सैनामैना १ रानीबगियाका युवाले काठमाण्डौं गएर उपचार गराउने चाहाना राखेको बताउँदै नगरप्रमुख कार्कीले यहाँका चिकित्सक र पारिवारीक सल्लाह अनुसार अस्पतालमा उपचार गराउँदै आएका थिए । नगरप्रमुख केसीले ग्लोवल आवाजसंग कुराकानीगर्दै भने -‘उहाँ अलि आत्तिनु भएको थियो, उहाँको मनोबल कम थियो, मनोचिकित्सक राखेर सम्झाउँदै आएका थियौँ ।’ नगरप्रमुख कार्कीका अनुसार घरबाट मगाएको पातलो तन्नाले ट्वाईलेटमा झुण्डीएको अवस्थामा फेला परेका थिए । करिब रातिको २ बजेको समयमा आत्महत्या भएकोे जनाइएको छ ।

सोही अस्पतालका एक जटिल बिरामीको लागि हेलिकप्टर मगाएर हिजोमात्रै काठमाण्डौं उपचारका लागि लगिएको थियो ।अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु