ताजा अपडेट »

पौडेल दाजुभाईको जाली मायाले बजारमा

शनिबार, १८ बैशाख २०७८, १० : १९
2 Shares

बुटवल । लोक दोहोरी विधामा तिज महामारी काण्ड , ओए कान्छु म प्रदेश जान्छु, रिवन केशैमा लगायतका गीतबाट चर्चा कमाउन सफल कलाकार पुरुषोत्तम पौडेलले जाली मायाले बोलको गीत बजारमा ल्याएका छन् ।

शिब पौडेलको शब्द रचनामा सजिएको जालीमायाले बोलको गीतमा पौडेलले आफै अभिनयसमेत गरेका छन् । यो उनको दोस्रो अभिनय हो । उनले आफ्नै गीत ए निर जाले बाट अभिनय सुरु गरेका थिए । ए निर जाले बोलको गीतको सफलता सँगै पौडेलले जाली मायाले बोलको गीतमा समाजको सोचाइले प्रेम तथा परिवारमा प्रत्यक्ष असर पार्ने नेपाली समाजलाई चित्रित गरेका छन् ।

गीतको अभिनयलाई आधार मानेर हेर्ने हो भने समाजमा रहेका विसंगतीहरुको विरुद्ध जादाँ परिवार र प्रेमनै गुमाउनुपर्ने अवस्था गीतमा प्रष्टसँग देखा परेको छ । उपत्यका बाहिर छयाङ्कन गरिएको गीतमा पुरुषोत्तम पौडेलको लय तथा स्वर रहेको छ भने महिला तर्फ समिक्षा अधिकारीले आवाज दिएकको निमार्ता टोली उमंग फिल्मस् प्रालिले जनाएको छ ।

लोक दोहोरी,आधुनिक,चलचित्र विधाका करिब सयौँ गीतमा शब्द दिएका रचनाकार शिब पौडेलको शब्द रहेको गीतको एरेन्ज कमल सौरागले गरेका छन् । मारुनील स्टुडीयोमा रेर्कडिङ भएको उक्त गीत सुमन र खुमन रानाले रेर्कड गरेका थिए भने गीतको अडियो सम्पादन कुमार रानाले गरेका हुन् ।

कपिल लामाले निर्देशन गरेको गीतको सम्पादन तथा कलर भने शिब पौडेलले गरेका छन् । गीतमा सारिका के.सी,पुरुषोत्तम पौडेल,शिब पौडेल,खेम बा, गोमा न्यौपाने,आशिस्मा न्यौपाने तथा सलिना मगर लगायतका कलाकारलाई देख्न सकिन्छ । शनिबार बिहान साढे सात बजे सार्वजनिक गरिएको गीत पुरुषोत्तम पौडेल युटुव च्यानलमा हेर्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।