१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

Advertisement

 बुटवल । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले शुभकामना दिएका छन् । शुभकामना दिँदै उनले नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयको दृष्टिले हेर्ने गरिएको बताउँदै कतिपय क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता नदेखिनुले यस्ताे समस्या आएकाे बताए । उनले श्रम शक्तिको सम्मानको वातावरण अझ राम्रो बनाउन आफुहरु दृढ संकल्पित रहेकाे बताए । राजनीतिक आन्दोलन र क्रान्तिको सफलतामा श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय रहेकाे उनले जारी गरेकाे शुभकामना विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


यस्ताे छ बिज्ञप्ती

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु ।
नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयको दृष्टिले हेर्ने गरियोे । श्रमका कतिपय क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता नदेखिनुको प्रमुख कारक हेयको दृष्टिले हेर्ने सामाजिक मान्यता हो । जसवाट वर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ । श्रम शक्तिको विकास र सम्मानको वातावरणवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बन्दै गएको छ, यो नेपाली समाजका लागि खुशीको विषय हो । श्रम शक्तिको सम्मानको वातावरण अझ राम्रो बनाउन हामी दृढ संकल्पित छौं ।
मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ । स्वदेशमा कार्यरत श्रमिकहरूको बैंकर्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १२ हजार रोजगारदाता र दुई लाख श्रमिक आबद्ध गरिएको छ । यो कार्यक्रमलाई अझ विस्तार गर्दै अघि बढ्नुपर्ने छ ।

यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हार्दिक अपील गर्दछु । कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढिरहेको र यो यात्रामा नागरिक सहयोग महत्वपूर्ण छ । महामारी शुरु भएपछि स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति बढाइएको छ । लुम्बिनी प्रदेशमा चार वटा कोरोना विशेष अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार अघि बढाइएको छ । यी अस्पताल सहित अन्य अस्पतालमा समेत कोरोना संक्रमितको उपचारका लागि क्षमता बढाउने गरी काम भइरहेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमशक्तिको सम्मान र विकासवाट समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न म हार्दिक अपील गर्दछु । सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १)को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुख्यमन्त्री
शंकर पोखरेल

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु