ताजा अपडेट »

बुटवलमा २ घण्टामा २ जना संक्रमितको मृत्यु

शनिबार, १८ बैशाख २०७८, ०९ : ३०
14 Shares

बुटवल । कोरोना बिशेष अस्पताल बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचाररत नवलपरासी र रुपन्देहीका गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।

नवलपरासी रामग्रामकी ४५ वर्षिया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही शुद्धोधन५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको छ ।

रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिईन् भने शुद्धोधनका पुरुषको १३ गते संक्रमण पुष्टि भएपनि १६ गते अस्पताल भर्ना भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।