१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

काठमाडौँ । सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि विभागले विज्ञप्तिी जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।

कर्मचारीलाई कोरोना पुष्टि भएको तथा निजसँग निकट सम्पर्कमा रहेका केही कर्मचारीलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको जनाउँदै विभागबाट प्रदान गरिने पत्रकारको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी÷नवीकरण, अनलाइन सञ्चार माध्यम नयाँ÷पुनः दर्ता÷नवीकरण र प्रसारणतर्फको सम्पूर्ण सेवा प्रवाह गर्दा बढी जनसम्पर्क हुने विभागको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, “विभागका सेवा अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नहुने, बढी जनसम्पर्क हुने तथा कोरोनाको बढ्दो सङ्क्रमणबाट सेवाग्राही तथा कर्मचारीलाई सम्भावित सङ्क्रमणबाट जोगाउन अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगन गरिएको छ ।”

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु