१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

काठमाडौँ । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आज जारी गरेको हिमाल आरोहणको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् । सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

Advertisement

यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा चार आरोही समूहले आरोहण अनुमति पाएका छन् ।

वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोड बढी रोयल्टी जम्मा भएको छ । कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ ।

विभागका निर्देशक मीरा आचार्यले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनाका साथै अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताए ।मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उनको भनाइ छ । अहिले अधिकांश आरोही सगरमाथाको आधारशिविर पुगिसकेका छन् । सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा पुगिसकेका छन् ।

कोभिड महामारीका कारण अघिल्लो सन् २०२० को वसन्त आरोहण स्थगन भएको थियो । सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । त्यस्तै सन् २०१८ को वसन्त आरोहण पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ