१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

राँझा । भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा.धवलशम्शेर राणाले बताए ।

Advertisement

उनका अनुसार भारतबाट फर्किएका सङ्क्रमितलाई राख्न वडा नं २० मनिकापुरमा छुट्टै आइसोलेशन सञ्चालन गरिएको हो । यहाँ होम आइसोलेशनको असुविधा भएका नगरवासी र बाहिरी जिल्लाका सङ्क्रमितलाई सेवा दिइने छ ।

ह्वाइट हाउस आइसोलेशन सेन्टरबाट यही वैशाख ४ गतेदेखि हालसम्म ५७ सङ्क्रमितले सेवा पाएको आइसोलेशन सेन्टरका स्वास्थ्य स्रोत व्यक्ति सिनियर अहेब गोरखनाथ योगीले जानकारी दिए । आजसम्म यहाँ बाहिरी जिल्लाका २५ जनासहित ४१ रहेका छन । यो आइसोलेशनमा २५ महिला र २५ पुरुषलाई राख्न सकिने गरी श्ययाको व्यवस्था मिलाइएको छ ।

कोभिड सङ्क्रमित भएपछि होम आइसोलेशनको सुविधा नभएका नगरवासीले ह्वाइटहाउस आइसोलेशनबाट सेवा लिइरहेका छन् । यो सेन्टरमा सामान्य अवस्थाका कोभिड सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले बताउनुभयो ।

उहाँका अनुसार लक्षणका बिरामीलाई राख्नका लागि उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालीम केन्द्रमा ५० श्ययाको अक्सिजनको आइसोलेशन सेन्टर आज दिउँसोदेखि सञ्चालनमा ल्याएको छ । आइसोलेशनमा बस्नेलाई खाना र खाजाको व्यवस्था गरिएको छ । यसैगरी बिरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइनेछ । उपमहानगरपालिकाका २३ वटै वडामा रहेका होम आइसोलेशन स्रोत व्यक्तिको सिफारिसका आधारमा सङ्क्रमितलाई राखिने भएको छ ।
–––

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु