११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

बुटवल । अघिल्लो कोभिडका बेला अन्तरबैङ्क एटीएम कारोबार गर्दा छुट दिइए पनि त्यसलाई परिमार्जन गरी अन्तरबैङ्क कारोबार गर्दा प्रतिमहिना दुईवटा कारोबार निःशुल्क गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताएका छन् ।

यसमा तत्काल फेरबदल गर्ने योजना नभएको उनको भनाइ छ।अघिल्लो वर्ष कोरोना सङ्क्रमण सुरु भएयता निःशुल्क प्रयोग हुँदै आएको अन्तरबैङ्क एटीएम कारोबार गत माघ महिनादेखि सःशुल्क भएको थियो। नेपाल राष्ट्र बैङ्कले कोरोना महामारीयता निःशुल्क गरिएको अन्तरबैङ्क एटीएम कारोबार माघदेखि सशुल्क गराएको थियो।

राष्ट्र बैङ्कले गत माघ १ गतेदेखि एउटा बैङ्क तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैङ्कको एटीएममा न्यूनतम दुुईवटा कारोबार निःशुुल्क गर्न सकिने व्यवस्था गरेको थियो।राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको थियो। गोरखापत्रमा खबर छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई, भीम रावलकाे फरक मत झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व