ताजा अपडेट »

काँग्रेस रुपन्देहीले गर्यो संक्रमितको उपचारमा गम्भिर बन्न सरकारलाइ आग्रह

शनिबार, १८ बैशाख २०७८, ०६ : ४३


बुटवल ।नेपाली काँग्रेस रुपन्देहीले कोभिड-१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर बन्न केन्द्र, प्रदेश सरकार र स्थानीय तहहरुलाइ आग्रह गरेको छ । कोरोना संक्रमितहरुले उपचारै नपाइ ज्यान गुमाइरहेको भन्दै नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाले संक्रमितको उचित उपचारको व्यवस्था गर्न तीन तहकै सरकारलाइ आग्रह गरेेेका हुन ।
बुटवलको धागो कारखानामा रहेको कोभिड अस्पतला र भैरहवाको भिम अस्पतालमा बेड अभाव भएको भन्दै रज्जाकले तत्काल शैया थप गरी संक्रमितको उपचारको व्यवस्था गर्न माग गरे । एक विज्ञप्ती जारी गर्दै रज्जाकले कोरोना नियन्त्रणकालागि नाकामा कडाइ गर्न, भारतबाट फर्केकाहरुलाइ कोरोना परिक्षण पछि मात्र सम्बन्धित क्षेत्रमा पठाउन र संक्रमितको उपचारकालागि प्रयाप्त शैया,जनशक्ति,उपकरणको व्यवस्थापन गर्न केन्द्र,प्रदेश र स्थानीय सरकारको ध्यानकर्षण गराएका हुन ।
‘संक्रमितको उपचारकालागि अस्पतालहरुमा प्रयाप्त बेड,अक्सिजन,स्वास्थ्य उपकरण,जनशक्तिको व्यवस्थापन गरी जनताको जीवन रक्षा गर्ने दायित्व सरकारले पुरा गरोस’ सभापती रज्जाकद्धारा जारी विज्ञप्तीमा भनिएको छ । रुपन्देहीमा हाल सम्म कोरोना संक्रमणबाट १ सय ८८ को मृत्यु भइसकेको छ । जिल्लामा हाल २ हजार ५५२ जना संक्रिय संक्रमित छन । अहिले बुटवल भैरहवाका कोभिड अस्पतालहरु संक्रमितले भरीएका छन । अस्पतालहरुमा बेड अभाव भएपछि गम्भिर लक्षण सहितका संक्रमितहरुले उपचार नपाइ ज्यान गुमाइ रहेका छन भने अक्सिजनको समेत अभाव भएको छ ।
कोरोनाले बिकराल रुप लिइसक्दा र उपचारै नपाइ बिरामीहरुले ज्यान गुमाइरहदा तीनै तहका सरकार मुकदर्शक भएर बसेको भन्दै सभापती रज्जाकले जनताको स्वास्थ्य सुरक्षालाइ पहिलो प्राथमितामा राखेर काम गर्न आग्रह गरेका हुन ।
निषेधाज्ञा अवधीमा अत्यावश्यक सेवा तथा बस्तुहरुको सहज आपुर्तीको व्यवस्था मिलाउन पनि माग गरेेे । सभापती रज्जाकले कोरोना संक्रमणबाट बच्न सबैले अनिवार्य मास्क,सेनिटाइजरको प्रयोग गर्न, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र निषेधाज्ञाको पालना गर्न पनि जिल्लाबासीलाइ आग्रह गरेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।