ताजा अपडेट »

रुपन्देहीमा परीक्षणको ५४ प्रतिशत बढीमा कोरोना, बुटवलमा मात्रै २१६ जनामा संक्रमण

शुक्रबार, १७ बैशाख २०७८, १९ : २५


बुटवल । रुपन्देहीमा दिनप्रतिदिन कोरोनाका संक्रमित बढ्दै गएका छन् । जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा गरिएको कोरोना परीक्षणको क्रममा ५४ प्रतिशत भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा ८४६ जनाको कोरोना परीक्षण गर्दा ५४ प्रतिशत भन्दा बढी अर्थात ४५९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा २१६, सिद्धार्थनगर नगरपालिकामा ७३, तिलोत्तमा नगरपालिकामा ८७, देवदह नगरपालिकामा २०, सैनामैना नगरपालिकामा १६, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकामा ७/७, मायादेवी गाउँपालिकामा र कन्चन गाउँपालिका र सुद्धोधन गाउँपालिकामा ८/८ जना,गैडहवा गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहिमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ जना र मर्चवारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ । साथै जिल्लामा हाल २ हजार ९३० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।