ताजा अपडेट »

स्वास्थ्य मन्त्रालयले भन्यो : थेग्नै नसक्नेगरी संक्रमण बढ्यो, सैय्या उपलब्ध गराउन सक्दैनौं

शुक्रबार, १७ बैशाख २०७८, १५ : ५५
4 Shares

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै सचेत रहन अपिल गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपचारका लागि अस्पतालमा शैय्या समेत उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ–‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकोले, अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने अवस्था भइसकेको छ ।’ मन्त्रालयले रुपन्देहीसहित देशका अति प्रभावित १४ वटै जिल्लामा उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।