२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

काठमाण्डौं । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले देश आतङ्कित भई रहेको छ भने मौसम परिवर्तनको कारण अहिले विभिन्न खाले संक्रमणको जोखि बढेकाल बालबालिकालाई सन्तुलित खानामा ध्यान दिनुपर्ने पोषणविद्हरुको धारणा छ । पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधान भन्छन्, अहिले कोरोनाको दोस्रो लहरले देश त्रसित भएको अवस्था छ । यस्ता महामारीसँग लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु विकल्प अहिले देखिएको छैन ।

Advertisement


उनले हाम्रो भान्छामा नियमित प्रयोग हुने जिरा, मरिच, बेसार, धनियाँ दालचिनी र दैनिक रुपमा प्रयोग गरिने ल्वाङ, तुलसी, पिपला, अदुवा, लसुन, कागती, टिमुर, मह आदिले पनि हाम्रो रोग प्रतिरोधक क्षमता बढाउने जानकारी दिए । खानाको साथ साथै हामीले घरमा बसेर पनि ब्यायाम गर्न सकिन्छ जसले थप रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्ने पनि प्रष्ट पारे । डा.प्रधानले खाना खाने मात्र नभएर खानेकुरालाई कसरी स्वच्छ राख्नुपर्ने कुरामा पनि ध्यान दिनुपर्ने धारणा ब्यक्त गरे । जनस्वास्थ्य तथा पोषणविद् डा.अरुणा उप्रेती पनि अभिभावकलाई आतङ्कित नहुन सुझाव दिन्छिन् । बालबालिका साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउनुको साथै नाक, मुखमा हात लैजान नहुने ज्ञान पनि दिनु पर्ने उनको सुझाब छ ।

मौसम परिवर्तनको कारण सामान्य रुघा, खोकी लाग्न सक्ने भएकोले पोषिलो खानेकुरा खानुपर्छ भने बालबालिकालाई क्वाटीको झोल अथवा मन तातो पानी वा दूध बेसार र कालो मरिज मिसाएर दिनु पर्ने बताउँदै डा. प्रधानले खाने कुराले कोरोना सङ्क्रमणको लागि नभएर रोगसँग लड्ने क्षमता बढाउने बताइन् । रोगसँग लड्ने क्षमता विकासले रोग लाग्न नदिने हो त्यसलै रुघा, खोकीबाट बच्नुपर्छ जसले निमोनिया हुन दिंदैन ।
अहिले झाडा, पखाला लाग्ने पनि मौसम भएको कारण हात धुने बानीले यस प्रकारको रोगबाट पनि बच्च मदत गर्ने बताइन् ।

घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभए भीडभाड नहुने गरी जांँच गराउने ब्यवस्था गर्नुपर्छ । बालबालिकालाई चम्चाले खाना खाने अभ्यास गराउनुपर्छ, बालबालिकालाई छुँदा, खुवाउँदा, खेलाउँदा, कपडा फेरीदिंदा साबुनपानीले राम्रोसँग हात धुनुपर्ने बताइन् । सन्तुलित खानाको लागि हरियो सागसब्जी, फलफुल, दूध, घ्यु, दही, दाल, गेडागुडी, बदाम, काजु, गेडागुडीको रस दैनिक खुवाउने ब्यबस्था गर्नुपर्छ ।
रक्सी खाएमा कोरोना भाइरस मर्छ भन्ने ठूलो भ्रम छ, डा. उप्रेती भन्नुहुन्छ, अल्कोहल कन्टेन्ट स्यानिटाइजरले हात सफा गर्ने हो अल्कोहल खाने व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ्र संक्रमित व्यक्तिले अल्कोहल खाएमा मृत्यु हुन सक्छ ।


डा. प्रधानले लसुन, बेसार, गुर्जो, अदुवा आदिले कोरोनालाई सन्चो गर्ने हैन रोगसँग लड्ने क्षमता बढाउने हो, गोमूत्र सेवनले भाइरस मर्दैन अरु अरु सङ्क्रमण हुनसक्ने जानकारी दिइन् । यसैगरी प्राध्यापक तथा बालमनोविज्ञ निर्मला उप्रेतीले बालबालिकाको अहिले भएको बिदाको समयमा धेरै कुरा सिकाउन सकिने जानकारी दिइन् । कोरोनाको त्रासमा परिरहेको बालबालिकालाई घरभित्रको काममा रमाउने बातावरण बनाउनुपर्ने बताइन् । उनका अनुसार धेरै कुरा अभिभावकले आफ्ना छोराछोरीलाई सिकाउन सकिन्छ खानेकुरा पकाउने सिकाउने जसले गर्दा बालबालिकालाई समयको पनि उपयोग हुन्छ भने भविष्यमा आत्मनिर्भर बन्न पनि सजिलो हुन्छ । -यलु जोशी/गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेस केन्द्रिय सदस्यकामा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो