ताजा अपडेट »

बाबुराम-उपेन्द्रको निर्णयविरुद्ध ठाकुर निर्वाचन आयोगमा

शुक्रबार, १७ बैशाख २०७८, १५ : २०
4 Shares

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि शुक्रबार अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन् । प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् । पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको उनको भनाई छ ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादवले पार्टीभित्र पूर्व राजपा पक्षलाई थाहै नदिइ मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिने सांसदहरूलाई पदमुक्त गराएका थिए । उक्त निर्णय लुम्बिनी प्रदेशका सभामुखलाई बिहीबार पठाएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।