ताजा अपडेट »

एक वर्षमै साढे ५३ अर्ब बेरुजु

बुधबार, ०९ माघ २०७५, ०३ : ४६
2 Shares

माघ ९,

काठमाण्डौं । सरकारले अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा औचित्य पुष्टि हुन नसकेको स्रोतमा साढे ५३ अर्ब रुपैयाँ खर्च गरेको छ ।

 महालेखा नियन्त्रक कार्यालयबाट भएको वार्षिक आन्तरिक लेखापरीक्षणअनुसार सो आवमा ५३ अर्ब ५८ करोड ८ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

सो आवमा सरकारले चालू, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ कुल १० खर्ब ८४ अर्ब ६८ करोड २० लाख रुपैयाँ बजेट खर्च गरेको थियो । आन्तरिक लेखापरीक्षणमा कुल बजेट खर्चको ४.९४ प्रतिशत बेरुजु देखिएको छ । नियमअनुसार खर्चको पुष्टि हुन नसके, खर्चको कागजात पेस गर्न नसके, पेस्की फर्स्योट हुन नसकेको रकमलाई बेरुजु मानिन्छ ।

महालेखा नियन्त्रक कार्यालयमातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिएको आन्तरिक लेखापरीक्षणबाट उक्त रकमबराबरको बेरुजु देखाएको कार्यालयले उल्लेख गरेको छ । -नयाँ पत्रिका दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।