ताजा अपडेट »

नयाँ भेरियण्ट कडा छ, अझै २ महिना धेरै गार्हो हुन्छ : डाः नन्दु पाठक

विहीबार, १६ बैशाख २०७८, १९ : ००
22 Shares
https://www.youtube.com/watch?v=rgjiPidQQ68&ab_channel=GOTVNepal

पछिल्लो समय विश्वभर नै कोरोनाका सङ्क्रमितहरूको संख्या बढिरहेको छ । नयाँ भेरियण्टको कोरोना भाइरसको कारणले सङ्क्रमितहरूको मृत्युदर पनि बढिरहेको देख्न सकिन्छ । कोरोनाका लक्षणलाई वेवास्ता गर्दा मृत्युदर बढिरहेको चिकित्सकहरूले बताउँदै आएका छन् । जनतालाई अझैपनि कोरोनाको नयाँ भेरियण्टको बारेमा थाहा छैन । यसले गर्दा मृत्यु पनि भइरहेको देख्न सकिन्छ । कोरोनाको नयाँ भेरियण्ट र यसका लक्षण तथा लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेका कोरोना विशेष सेवाहरूको विषयमा रहेर लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त कोरोना फोकल पर्सन डा. नन्दु पाठकसँग ग्लोबल आवाजका लागि आचार्य प्रदीपले गरेको कुराकानी :

पछिल्लो समय देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस कस्तो किसिमको भाइरस हो ?
-खासमा कोरोनाको यो नयाँ भेरियण्ट भनिरहेको अवस्था छ, खासमा भाइरसको म्यूटेसन भइरहेको छ । भाइरसमै केही गम्भिर वा केही परिवर्तन हुँदा नयाँ भेरियन्ट भनिएको हो । यो भाइरसको नयाँ सिक्वेन्स हो । फरक-फरक देशका व्यक्तिहरूमा देखिएको सिक्वेन्सलाई नै कोरोनाको नयाँ भेरियण्ट भनिएको हो । यूके, साउथ अफ्रिका लगाएतका देशहरुमा भेरियण्ट मुख्य रूपमा देखिएका छन् । यो पत्ता लगाउने भनेको पिसिआर विधि नै हो । यसको विकल्प अझै भेटिएको छैन । हामीले कोभिड हो या होइन मात्रै छुटाइरहेका छौँ । कुन भेरियण्ट हो भन्ने चाँही हामीले यहाँ छुट्टयाउन सक्दैनौँ । त्यसको लागि धेरै राम्रो ल्याब चाहिन्छ । समय परिवेश अनुसार पहिलेको भन्दा अहिलेको अवस्थामा भेरियन्ट केही फेरिएको पाइएको छ । पहिले रुघाखोकी, घाँटी दुख्नेलाई मुख्य लक्षणको रुपमा मानिन्थ्यो भने अहिले जिउ दुख्ने मुख्य समस्या मानिएको छ । यसका साथै ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, उल्टी हुने, स्वासप्रस्वासमा गाह्रो हुने र घाँटी दुख्ने लक्षणहरू देखिएको पाईएको छ । जिउ दुख्ने, ज्वरो आउने, खान मन नलाग्ने, उल्टी हुने मुख्य लक्षणहरू देखिन्छ । यसपछि मात्रै श्वास फेर्न गार्हो हुने लगाएतको समस्या देखिएको छ ।

हामीले कोभिड हो/होइन भन्ने मात्रै छुट्टाएका छौं । प्रकार छुट्टाउने स्तरीय ल्याब हामी कहाँ छैन । पहिले रुघाखोकी, घाँटी दुख्नेलाई मुख्य लक्षणको रुपमा मानिन्थ्यो भने अहिले जिउ दुख्ने मुख्य समस्या मानिएको छ । यसका साथै ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, उल्टी हुने, स्वासप्रस्वासमा गाह्रो हुने र घाँटी दुख्ने लक्षणहरू देखिएको पाइएको छ ।

पछिल्लो समय मृत्युदर बढिरहेको छ । कोरोना लाग्दैमा ज्यान गइहाल्ने अवस्था आएकै हो ?

- होइन्, कोरोना लाग्दैमा ज्यान जाने होइन् । मृत्युदर बढिरहँदा यहाँ आएका अनेक प्रकारका भेरियण्टले गर्दा भाइरस अझै कडा भइरहेको छ । भाइरस अहिलेको अवस्थामा एक मान्छेबाट अर्को मान्छेमा सहजै सरिरहेको छ । यसले गर्दा संक्रमण बढिरहेको छ । पहिले परिवारको एक जनालाई भएपनि घरका अन्य सदस्यलाई हुने थिएन, तर अहिले एकजनालाई भएमा सहजै परिवारका सदस्यलाई सरिरहेको छ । अहिले पहिलेभन्दा अझै बलियो भएको छ । यसले गर्दा संक्रमित धेरै र धेरै संक्रमित हुँदा मृत्यु पनि धेरै देखिएको हो । अर्को कुरा पहिला-पहिला हलुका रुघा लागेपनि कोरोना चेक गर्ने गर्दथे भने अहिले श्वासप्रश्वासमा समस्या देखिन थालेपछि चेक गराइरहेका छन्, चेक गर्दा नै ढिला भएपछि उपचार पनि ढिला हुन्छ, यसले गर्दापनि धेरैलाई बचाउन सकिएको छैन।पहिले कोरोनालाई घरमै बसेरै उपचार गरौँ भनेर घरै राख्ने, अनि अक्सिजन चाहिने भएपछि मात्रै आउने गर्दापनि अस्पतलामा बेड पाउन समस्या छ, यसले पनि मृत्युदर बढेको छ । यो घटाउनको लागि एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न नदिनको लागि पनि काम गर्नुपर्छ । यसको लागि को ब्यक्तिबाट सरेको हो भन्ने पत्ता लगाउने काम गर्नुपर्छ । अनि चेनब्रेक पनि भन्छौँ लकडाउन पनि भयो, यहि कुरा हो । यसले कोरोनाको स्थानान्तरण हुन पाउँदैन् । हटस्पट मानेर फैलन नदिएमा संक्रमणदर र मृत्युदर घटाउन सकिन्छ । यसमा छिटो परिक्षण, उपचार र कोरोनाको चेनब्रेक गर्नपाएमा मृत्युदर घटाउन सकिन्छ ।

युवाहरुमा संक्रमणदर बढि देखियो, पछिल्लो समयमा मृत्यु हुने पनि युवा नै बढि देखिएका छन्, कारण के होला ?

- एकदम सहि हो । पहिलेको अवस्थामा वृद्धवृद्धामा बढी संक्रमण भएको थियो । अहिलेको तुलनामा पहिलेको भाइरस अलि कमजोर पनि थियो। रोजगारीका लागि युवा नै बाहिर जान्छन् । अनि युवा समूह श्रमबजारमा लाग्ने भएकोले पनि बढि संक्रमण भएको हो । कामको थकान भन्दै कोरोनालाई वास्ता पनि नगर्दा यो अलि बढेको हो जस्तो पनि लाग्छ । कोरोनाको नयाँ भेरियण्ट अहिले केही सिमित समयसम्म यसको भाइरस हावामा बस्ने भएकोले पनि यसको संक्रमण बढीरहेको छ । कामगर्ने स्थानमा कोही संक्रमितले खोक्यो, त्यहि स्थानामा गएर अर्को ब्यक्तिले काम गर्नुभयो भने उसलाई सहजै सर्दछ । हावामा पनि बाँच्नेगरी भाइरस कडा छ । भाइरस कडा भएरनै मृत्युदर बढेको हो ।

अहिले लुम्बिनी प्रदेशभर कोरोना संक्रमितलाई राख्नको लागि बेडको अभाव देखिएको छ । यस्तो अवस्थामा अस्पतालले कसरी व्यवस्थापन गर्छ ?

- हामी बुटवलमा रहेपनि हामीले बुटवलको मात्रै बिरामी हेर्दैनौँ । हामीले समग्र लुम्बिनी प्रदेशका बिरामीहरुलाई हेर्ने गरेका छौँ । हाम्रोमा रिफर भएर समेत बिरामीहरु आइराख्नु् भएको हुन्छ । बिहीबार देखि २५ वटा एचडियू बेड थपिएका छन् । अहिले सञ्चालनमा रहेको २२ वटा बेडहरु रहेका छन् । अर्को अहप्तादेखि २५ बेड लुम्बिनी प्रादेशिक अस्पतालमा थपिन्छ । जसमा आईयिशयु नै ६ वटा रहने छन् । यसो गर्दा हामीसंग २०/२२ वटा आइसियू बेडहरु हुनेछन् । ५० -६० वटा जनरल बेडहरु हुनेछन् ।यसमा पनि अक्सिजनको सुबिधा हुनेछ । यत्तिले मात्रै पुग्छ भन्ने होइन् । तर केही राहत भने हुनेछ । अहिले परिक्षणको ८०-९० प्रतिशतमा पोजेटिभ देखिरहेको अवस्था छ । फिवर क्लिनिकमा लक्षण लिएर आउनेलाई परिक्षण गर्दा यति देखिएको छ । उनीहरुले परिक्षण गराई सकेपछि उनीहरुका घरका परिवार सदस्यलाई सम्झाई-बुझाई गरेर घरमै बसालेका पनि छौँ । तरपनि अझै २ महिना हाम्रो लागि गार्हो छ । किनकी जतिलाई पनि लागेको छ, सरेको छ , सबैले परीक्षण गर्दासम्म २ महिना लाग्ने छ। यसको कारणले पनि समस्या त अझै छ ।

छिमेकी मुलुकमा अक्सिजनको अभावले मृत्यु भइरहेको खबर आइरहेका छन् । यहाँ के छ तयारी ?
-अक्सिजन नै पहिलो उपचार मानिन्छ । अहिलेको अवस्थामा हामीसँग पर्याप्त छ । भविष्यमा बेड संख्या बढिरहँदा सबै बेडमा अक्सिजन फिट गरिएको हुन्छ । पुग्ला भन्ने अपेक्षा छ । तरपनि अक्सिजनको खपत कति हुन्छ, त्यहि आधारमा नै हुने हो । भारतको जस्तो अवस्था आउन नदिनको लागि हामीले यहाँ लकडाउनलाई पूर्ण रुपमा पालना गरौँ । यसले ठूलो समस्या हुनबाट जोगाउँछ ।

कोरोना नियन्त्रणमा लकडाउन कति प्रभावकारी होला ?
-सरकारले गरेको लकडाउन नै कोरोना नियन्त्रणमा अत्यन्तै प्रभावकारी रहन्छ । लकडाउन गरेपछि संक्रमण नुहने भन्ने होइन , यसले एकबाट अर्कोमा सर्दैन, यसले गर्दा संक्रमणदर घटाउन सकिन्छ । अहिलेपनि विकसित देशरुमा लकडाउन कायमै रहेको छ । यसलाई सबैले पालना गरौँ । म भ्रखर मात्रै कोरोना फोकल पसर्न भएको छु । धेरै कुराहरु अझैपनि बुझ्न बाँकी छ । कोरोना नियन्त्रणको लागि सबैले प्रयास गर्नु आवश्यक पनि रहेको छ । सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गरौँ । यसो भएमा लकडाउन छिटो सकिनेछ ।

https://www.globalaawaj.com/archives/59995
आचार्य प्रदीप
लेखकको बारेमा
आचार्य प्रदीप