३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

बुटवल । रुपन्देही देवदह-६ का वडा अध्यक्षले उपचार अभावमा श्रीमतीलाई गुमाएका छन् । वडा अध्यक्ष दामोदर क्षेत्रीकी श्रीमती ४९ वर्षिया कृष्ण कुमारीले उपचार नपाएर ज्यान गुमाउनु परेको हो । कोरोना संक्रमित कृष्णकुमारीले थप उपचारका लागि आइसियू बेड अभावमा मँगलबार ज्यान गुमाएकी हुन् ।

Advertisement

यसरी जनप्रतिनिधकै परिवारले उपचार नपाएर मृत्युवरण गर्नु पर्ने स्थितीले अवस्था थप भयावह भएको पुष्टि गरेको छ । मँगलबार विहान कृष्णकुमारीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि स्थानीय एक मेडिकलमा उपचारका लागि पुर्याइएको थियो । उक्त मेडिकलले कोरोना संक्रमणको आसंका गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजान सल्लाह दियो । लुम्बिनी प्रादेशकि अस्पतालमा आइपुग्दा उनको स्वास्थ्य अवस्था थप विग्रीसकेको थियो । अक्सिजनको मात्रा घटीरहेको थियो भने स्वाब परीक्षा गर्दा कोरोना पोजेटिभ देखा पर्यो ।

कृष्णको उपचारका लागि सँगै अस्पताल पुगेका देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले घटनाको विवरण सुनाउँदै भने ‘उहाको अक्सिजनको लेभबल घड्दै गएको हुँदा आइसियू बेड चाहिने चिकित्सकहरुले सल्लाह दिए । तर, अस्पतालमा आइसियू बेड खाली नभएपछि अन्तै जोहो गर्न हामीलाई नै भनियो ।’

अन्य ठाउँमा आइसियू बेड नभएको अवस्थामा तत्कालका लागि प्रादेशिक अस्पतालकै फिबर क्लिनिकमा राखेर कृष्णाको उपचार भइरहेको थियो । मेयर खत्रीले ग्लोबल आवाजसँग कुरा गर्दै भने ‘हामीले बुटवलको तिनाउ अस्पताल, भैरहवाको भिम अस्पताल, मणिग्रामको क्रिमसन असप्ताल तथा काठमाण्डौका विभिन्न अस्पतालहरुमा समेत बुझ्दा आइसियू पाउन मुुस्किल भयो ।’ आइसियू बेडका लागि दिनभर विभिन्न अस्पताल तथा व्यक्तिहरुलाई फोन गर्दा पनि नपाएपछि हैरान भएका उनीहरुले फिबर क्लिनिकमै कृष्णालाई राखेर प्रतिक्षा गर्ने बाहेक विकल्प रहेन ।

कोरोना संक्रमण पुष्टि भएकी कृष्णलाई उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो । बिहानैदेखि बुटवलको धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा उनीहरुले कतै बेड नपाएपछि फिबर क्लिनिकमै कृष्णाले परान त्यागिन । आइसियू बेड कुर्दाकुर्दै कृष्णकुमारीको दिउसो ४ बजे मृत्यु भयो ।

आफ्नै सहकर्मीले परिवार गुमाउनु पर्दाको पीडासहित मेयर खत्रीले भने ‘हल्ला गरिएको जस्तो कोरोना संक्रमण रोकथामका लागि तयारी गरिएको रहेन छ ।’ सरकारको तयारी बारे असन्तुष्टि व्यक्त गर्दै उनले भने ‘प्रदेश सरकारले एक वर्षको बीचमा एउटा बेड पनि थप्न सकेको रहने छ, आफ्नै आँखा अगाडि एक सहकर्मीको श्रीमतीले उपचार नपाएर ज्यान गुमाउनुपर्यो, सर्वसाधारण जनाको अवस्था झन कस्तो होल ?’

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कृष्णकुमारीलाई कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा निजी तथा सरकारी गरी १४२ वटा आइसियू बेड रहेका छन् भने १५९ एजडियू बेड रहेका छन् । यसैगरी ७५ वटा भेन्टिलेटर रहेका छन् भने संक्रमितहरुको उपचारका लागि १९२ सामान्य बेड रहेका छन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो मानेभञ्ज्याङमा पानीको समस्या हट्यो छाप्रामै थलिए राउटे थप चारजना अनुसन्धानमा तानिए, प्रत्यक्षदर्शी भएको आशंका कालो बादल देखेपछि डराउँछन् रुपन्देहीको मर्चवारबासी संविधान कार्यान्वयनलाई फर्केर हेर्दा