ताजा अपडेट »

तीन जना राजदूतको नाम अनुमोदन

मंगलबार, ०८ माघ २०७५, १७ : २९
4 Shares

माघ ८,
काठमाण्डौं । संसदीय सुनुवाइ समितिले तीन जना राजदूतको नाम अनुमोदन गरेको छ । समितिले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना र स्वीट्जरल्यान्डका लागि मणिप्रसाद भट्टराईको नाम अनुमोदन गरेको हो ।

उक्त विषयमा समितिले परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने भएको छ । मन्त्री प्रदीप ज्ञवाली स्वीट्जरल्यान्डबाट फर्किएपछि समितिमा बोलाएर छलफल गर्ने निर्णय भएको सभापति कर्णले जानकारी दिए ।

तीनैजना राजदूतको सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । अब राजदूत सिफारिस गर्दा समावेशी रूपमा नगरेकोमा सरकारलाई सचेत गराउने र आगामी दिनमा सिफारिस गर्दा समावेशी रूपमा गर्न निर्देशसमेत दिएको छ ।

यसअघि गणेशप्रसाद ढकाल थाइल्यान्ड र दीपक अधिकारी फ्रान्सका लागि राजदूतमा अनुमोदित भइसकेका छन्। समितिको बिहीबारको बैठकले दुवैको नाम अनुमोदन गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।