ताजा अपडेट »

आइपिएलः बैंग्लोर १ रनले विजयी

बुधबार, १५ बैशाख २०७८, ०७ : २१
8 Shares

बुटवल । रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा बैंग्लोर एक रनले विजयी भएको हो ।

१७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित ओभरमा चार विकेटको क्षतिमा मात्रै १७० रन बनाउन सक्यो ।

उसका लागि कप्तान ऋषभ पन्तले ४८ बलमा नटआउट ५८, शिमरोन हेट्मायरले २५ बलमा नटआउट ५३, मार्कस स्टोइनिसले १७ बलमा २२ तथा पृथ्वी शले १८ बलमा २१ रन बनाए ।

अहम्दावादमा पहिले ब्याटिङ्ग गरेको विराट कोहली कप्तानीको बैंग्लोरले पाँच विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

उसका लागि एबी डी भिल्लियर्सले ४२ बलमा नटआउट ७५, रजत पाटिदारले २२ बलमा ३१ तथा ग्लेन म्याक्सवेलले २० बलमा २५ रन बनाए ।

६ मध्ये पाँच खेलमा जित हाँसिल गरेको बैंग्लोर १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । ८ अंकसहित दिल्ली तेस्रो स्थानमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।