ताजा अपडेट »

रुपन्देहीमा निषेधाज्ञाको तयारी, मोडालिटी बारे छलफल हुँदै

मंगलबार, १४ बैशाख २०७८, ११ : ५८

बुटवल । रुपन्देहीमा कोरोना संक्रमण बढ्रदै गएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्नेे भएको छ । निषेधाज्ञाको मोडालिटी तयार पार्नका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाका सुरक्षा निकाय, स्थानीय तहका प्रमुख, स्वास्थ्य अधिकारी, उद्योगी व्यवसायीहरुका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुसँग छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले ग्लोबल आवाजलाई जानकारी दिए । थापाका अनुसार बिहीबारदेखि जिल्लामा निषेधाज्ञा जारी गर्ने तयारी स्वरुप छलफल भइरहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई सदर गरेको छ । जिल्लामा संक्रमण बढ्दै गएपछि केही दिन अघि सबै शैक्षिक संस्था बन्द गरिएको छ । पूर्वनिधारित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । आजदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–विजोर प्रणाली लागू भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।