ताजा अपडेट »

‘मेरो पनि हैन र यो देश’ बाट प्रकाश सपूत फेरि युट्युब ट्रेन्डिङको शीर्ष स्थान (भिडियो)

सोमबार, १३ बैशाख २०७८, ११ : ०६
6 Shares

बुटवल । ’बोला माया’ र ’गालबन्दी च्यातियो’ जस्ता गीतबाट प्रशंसा कमाएका गायक प्रकाश सपूत नयाँ गीत मार्फत फेरि चर्चामा छन् ।
सपूतले शुक्रबार आफ्नो युट्युब च्यानल मार्फतसार्वजनिक गरेको ’मेरो पनि हैन र यो देश’ नामको गीतले ३ दिनमा युट्युबमा १५ लाख भन्दा बढी भ्यूज पाउँदै ट्रेन्डिङको शिर्ष स्थानमा आफूलाई राखेको छ ।

गीतमा शब्द, संगीत र स्वर प्रकाशको छ । उनले देशको सांस्कृतिक विविधता र विविधताभित्रको दुःख र वेदनाहरुलाई गीतमार्फत प्रस्तुत गर्न खोजेका छन् । गीतले राष्ट्रिय एकताको भावना बोल्छ । गीतमा हिमाल, पहाड, तराईको सांस्कृतिक पहिचान झल्काउने संगीत, नृत्य तथा लवजलाई प्रस्तुत गरेका छन् । नेपाली नागरिक हुनुमा गौरवसँगै गुनासो पनि भएका नागरिकहरुको कथा गीतमा पोखिएको छ । यो गीतमा स्वर, शब्द र संगीत उनकै छ ।

भिडिओका निर्देशक र परिकल्पनाकार पनि उनै हुन्। गीतमा संगीत संयोजन, पार्श्व संगीत, साउन्ड डिजाइन, मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसायलीले गरेका छन्।

https://m.youtube.com/watch?v=mZspb3Neub4&feature=youtu.be
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।