ताजा अपडेट »

प्रतिभाको मृत्यु बारे छानविन गर्न ५ सदस्यीय समिति

आइतबार, १२ बैशाख २०७८, १२ : १२
12 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ मा अवस्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कूलको होस्टेलमा रहेकी छात्राको मृत्यु बारे छानबिन गर्न ५ सयदस्य समिति गठन गरिएको छ । शनिबार स्वास्थ्यमा अचानक समस्या आएपछि पचारककै क्रममा मृत्यु भएकी प्रतिभा सापकोटाको सत्यतथ्य छान गर्न समिति गठन भएको हो ।

तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गाँगाराम आचार्यको संयोजकत्वमा गठित समितिले ३ दिन भित्र घटना बारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराए । छानविन समितिको दस्यहरुमा नगर शिक्षा समितिका सदस्य टंक पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डि.बी. थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र कोरोना फोकल पर्सन केशब भट्टराई रहेका छन् ।

शनिबार भएको घटना लगत्तै आज विहान बसेको नगर स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नगरका सबै विद्यालयाय, होस्टेल तथा स्ट्यूसन कक्षाहरु बन्द गर्न निर्देशन गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेको संयोजकत्वमा रहेको सीसीएमसीले शैक्षिक संस्थाहरुमा सञ्चालन भइरहेका परीक्षाका कार्यक्रमहरुलाई समेत तत्कालका लागि स्थगित गर्न निर्देशन गरेको हो ।

बैठकले सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदासम्मको लागि तत्काल बन्द गर्ने/गराउने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने/नगराउनेलगायतका निर्णय समेत गरेको छ । बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गर्ने/गराउने, विवाह, ब्रतन्ध, न्वारन, पास्नी, धार्मिक अनुष्ठान, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय समेत गरिएको बैठकपछि जारी सूचनामा जनाइएको छ ।

सार्वजनिक ठाउँमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने तथा न्यूनतम २ मिटरको भौतिक दुरी कायम गर्ने, पटक-पटक साबुन-पानीले हात धुने अथवा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न बैठकले नगरबासीलाई आग्रह गरेको छ । यस्तै बैठकले भारतबाट आउने नेपाली तथा अन्य व्यक्तिलाई परिवार, आफन्त, टोल विकास संस्थाहरुले कोरोना प्रोटोकलमा रहन सहजीकरण गर्ने तथा कुनै व्यक्तिलाई कोभिड–१९ को लक्ष्मण देखिएमा तत्कालै नजिकैंको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने वा यकिन गर्न कोरोना परीक्षण गर्ने/गराउने निर्णय समेत भएको जारी सूचनामा उल्लेख छ ।

छानबिन समितिले प्यारामान्ट बोर्डिङ स्कूलको होस्टेलमा रहेका विद्यार्थीहरुको स्वाप परीक्षको रिपोर्ट तथा मृतक प्रतिभा सापकोटाको पीसीआर रिपोर्ट आएपछि आजैदेखि अनुसन्धानको काम सुरु गर्ने गर्ने संयोजक गँगाराम आचार्यले बताए । विद्यालयमा प्रतिभासँगै अध्ययन गर्ने ५० जना बढी विद्यार्थी होस्टेलमा बस्दै आएको विद्यालयले जनाएको छ । होस्टेलमा रहेका विद्यार्थीहरुको स्वाव परीक्षको रिपोर्ट आएपछि मात्रै उनीहरुलाई घर पठाइने छानविन समिति संयोजक आचार्यले जानकारी दिए ।

विद्यालयको कक्षा १० मा अध्ययनरत प्रतिभाको शनिबार अचानक मृत्यु भएको थियो । होस्टेलमा बस्दै आएकी प्रतिभालाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षणसहित एक्कासी बिरामी भएपछि परिवारले उपचारका लागि तिलोत्तमा-५ मणिग्राममा अवस्थित क्रिमसन अस्पतालमा लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

https://www.globalaawaj.com/archives/101707
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।