ताजा अपडेट »

एनएसएलको उद्घाटन खेलमा काठमाण्डौं रेजर्स विजयी

आइतबार, १२ बैशाख २०७८, ११ : २९
6 Shares


काठमाण्डौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार देखि शुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौं रेजर्स एफसी विजयी भएको छ । काठमाण्डौंले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

काठमाण्डौंका लागि मेसौके ओलुमोउले निर्णायक गोल गरे । उनले खेलको ६६औँ मिनेटमा गोल गरका हुन् । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाण्डौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् । प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एकरएक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

रासस
लेखकको बारेमा
रासस