ताजा अपडेट »

दाङमा गोली लागेको चित्तल मृत फेला

शनिबार, ११ बैशाख २०७८, २० : ४३
4 Shares


दाङ । देउखुरीमा मृत चित्तल फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनगैँको सामुदायिक वनमा चित्तल मृत अवस्थमा फेला परेको हो ।स्वर्गद्वारी हरियाली सामुदायिक वन समितिको क्षेत्राधिकार भित्र पर्ने जंगलमा स्थानीय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि, प्रहरी र वन कर्मचारीलाई खबर गरेका थिए । लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुलबहादुर बुढा मगरको रोहबरमा मुचुल्का उठाई डिभिजन वन कार्यालय देउखुरीलाई चित्तल जिम्मा लगाईएको छ ।

मृत चित्तलको पोष्टमार्टम गरि जंगलमा गाडिने डिभिजन बन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरन चौधरीले बतए ।जनप्रतिनिधि बुढासहित प्रहरी चौकी बनगैँका प्रमुख कमल पौडेल, वन कर्मचारी मुरारी शर्मा, डिभिजन वन कार्यालयका प्रतिनिधिहरु, स्थानीय, सामुदायिक बनका प्रतिनिधिहरु उद्दार कार्यमा खटिएका हुन् ।

मासुका लागि चित्तललाई निशाना बनाएको हुनसक्ने अनुमान गरिएको छ । चित्तलको पछाडी खुट्टा र ढाडमा गोली लागेको छ । पछिल्लो समय देउखुरीलगायत दाङमा चोरी सिकारी बढिरहेको स्थानीय बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।